मकवानपुरमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    मंगलबार राति करिब १०ः५० बजे इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ

    टोलीले गम्भीर घाइते अवस्थामा रहेका चालक र एक यात्रुको उद्धार गरेको थियो ।

    दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४०/४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।

    बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार हुन् । यादव फास्ट ट्र्याकमा इञ्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ ।

    घाइते दुवैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा आज बिहान  चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतकका शव हेटौंडा अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar