मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन

  • कालिका खवर
  • मङ्लबार, साउन १९, २०८३
  • काठमाडौँ : सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा  फछ्र्योट हुन कठिन देखियो । सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फछ्र्योट गर्न सकेन ।  न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए ।

    अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको  जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar