महाकालीको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्कायो, आवतजावत ठप्प

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • कञ्चनपुर  । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल चुडिएको छ ।

    महाकाली नदीको बाढीले बुधबार बिहान झोलुङ्गे पुलको बीचको भाग भत्काएपछि आवतजावत ठप्प भएको हो ।

    नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग नदीमा बगेको प्रहरीले जनाएको छ ।

    नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलमध्ये एक मानिने यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । यसको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar