मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • जनकपुर । मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरे पछि समस्या सामाधान गर्नका निम्ति सर्वदलीय कार्यदल गठन गरिएको छ ।

    आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्।

    कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोली (सोमबार) विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ ।

    मधेश प्रदेश सभामा आगामि वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलहरुले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन् ।

    कार्यदलले असन्तुष्ट दलहरुसंग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटीहरुको समाधानका निम्ति सहमतीको वातावरण मिलाउने छ । प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar