किरण केसी पर्यटन मन्त्रीको चर्चामा

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • काठमाडौं । स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट प्रतिस्पर्धा गरेका जेन–जेड नेता किरण केसी पछिल्लो समयमा अन्तरिम सरकारमा मन्त्री बन्न सक्ने चर्चामा छन्। स्रोतहरूका अनुसार उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (Ministry of Culture, Tourism & Civil Aviation) का लागि प्रस्तावित सूचीमा परेको छ ।

    अन्तर्राष्ट्रिय अनुभव र युवामैत्री दृष्टिकोणका कारण केसीको नाम मन्त्रिपरिषद् गठनका छलफलमा उल्लेखनीय रूपमा चर्चामा आएको बताइएको छ। उनले अष्ट्रेलियाको Federation University बाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर (Master of Business) र भारतको Visvesvaraya Technological University बाट इन्जिनियरिङ स्नातक गरेका छन् ।

    केसीले नेपालमा मिटर ब्याजी आन्दोलन, भ्रष्टाचार विरोधी अभियान, र Gen-Z आन्दोलन मा सक्रिय भूमिकासमेत निर्वाह गरेका थिए । समाजसेवी र उद्यमीका रूपमा चिनिएका उनले नेपालको पर्यटन विकास, युवालाई उद्यमशीलतामा जोड्ने नीति, र पारदर्शी नेतृत्वका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। उनको व्यक्तिगत दृष्टिकोण अनुसार, “नेपालको संस्कृति, पर्यटन र नवप्रवर्तनलाई पारदर्शिता, सृजनशीलता र समावेशितासहित विश्वस्तरमा पुर्‍याउनु नै मेरो सपना हो,” भन्ने रहेको छ ।

    यद्यपि मन्त्रिपरिषद्को अन्तिम टुङ्गो अझै बाँकी छ, राजनीतिक वृत्तमा किरण केसीको नामले उत्साह र बहस दुवै जगाएको छ — जसले नयाँ पुस्ताको नेतृत्व राजनीतिमा अग्रपङ्तिमा ल्याउने संकेत दिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar