खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने व्यक्ति पक्राउ

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • भोजपुर : पौवादुङ गाउँपालिका ३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । राति करिब १०:०० बजे स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

    घाइतेको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धरान पठाइएको छ । सामान्य विवाद झै-झगडामा परिणत हुँदा घटना घटेको थियो ।

    घटनापछि गणेशबहादुर राईलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar