काठमाडौंसहित यी २८ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं । वर्षासँगै केही जिल्लामा आज (साउन ८) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस दिन खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    “उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

    कोसी, नारायणी, कर्णाली, महाकाली, वाग्मतीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा थोरैमाथि तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ,” महाशाखाले भनेको छ ।

    b1-1784862535.jpg

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar