काठमाडौँको सिटीसी मलमा ‘ओखती’को नयाँ आउटलेट

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ । छालाको स्वास्थ्यका लागि आयुर्वेदिक सामाग्री उत्पादन गर्दै आएको ओखतीले काठमाडौँको सिटीसी मलमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन जीवन विज्ञान नेपालका संस्थापक गुरु भानु पराजुलीले गरेका हुन्।
    उद्घाटन कार्यक्रममा पराजुलीले शुद्ध जडिबुटीबाट बनेका स्वदेशी उत्पादनले शरीरसँगै मन र जीवनमा पनि सकारात्मक प्रभाव पार्ने बताए। उनले बजारमा रासायनिक पदार्थयुक्त सौन्दर्य सामग्रीको उत्पादन र प्रयोग बढ्दै गएपछि छालासम्बन्धी समस्या मात्र नभई अन्य स्वास्थ्य समस्या पनि बढिरहेको बताए। पराजुलीका अनुसार, अहिलेको अवस्थामा उपभोक्ताले अर्गानिक र प्राकृतिक उत्पादन रोज्नुपर्ने आवश्यकता बढेको छ।

    ओखतीले आफ्नो उत्पादन यात्रा मुखधुने सावुनबाट सुरु गरेको थियो। ग्राहकहरूको विश्वास जित्दै कम्पनीले अहिले स्याम्पु, तेल, सनस्क्रिन, मोइस्चराइजर लगायतका दर्जनौं आयुर्वेदिक उत्पादन बजारमा ल्याएको छ। कम्पनीका सञ्चालक शोभाकान्त बस्यालका अनुसार, निकट भविष्यमा अनलाइन सेवा सुरु गरेर स्वदेश तथा विदेशका ग्राहकसम्म ओखतीका उत्पादन पुर्‍याउने तयारी भइरहेको छ।

    हाल ओखतीले काठमाडौँसहित विभिन्न जिल्लामा आफ्ना आउटलेटमार्फत आयुर्वेदिक सामाग्रीहरूको वितरण गर्दै आएको छ। कम्पनीका उत्पादनबारे थप जानकारी र खरिदका लागि www.okhatinepal.com.np मार्फत जानकारी लिन सकिने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar