कांग्रेसमा नक्कली विज्ञप्ति प्रकरण : भ्रम फैलाउने गतिविधि रोक्न डा. अबुल हुसेन अन्सारीको आग्रह

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसमा कार्यक्रमबारे भ्रम फैलाउने तथा संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति जारी गर्ने गतिविधि भएको भन्दै डा. अबुल हुसेन अन्सारीले आपत्ति जनाएका छन्।

    अन्सारीले हतास र डरको मानसिकताबाट कार्यक्रमबारे भ्रम फैलाउने, संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति जारी गर्ने लगायतका गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन्।

    उनले ‘किर्ते र भ्रमको राजनीतिले कांग्रेसलाई कमजोर नबनाउने’ भन्दै सत्य र आधिकारिक निर्णयलाई नै अन्तिम आधार मान्नुपर्ने बताएका छन्।

    डर र हतासमा किर्ते हस्ताक्षर गरी नक्कली विज्ञप्ति निकाल्नु राजनीतिक संस्कार नभएको टिप्पणी गर्दै अन्सारीले यस्तो कार्यलाई ‘कायरताको पराकाष्ठा’ भनेका छन्।

    कांग्रेसभित्र बहस र असहमति स्वीकार्य भए पनि किर्ते, जालसाजी र भ्रमको सहारा स्वीकार्य नहुने उनको भनाइ छ।

    अन्सारीले कांग्रेसभित्रका विवाद र मतभिन्नता राजनीतिक तथा लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar