कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको बताएका हुन् ।

    ‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने–  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’

    उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए ।  साथै उनले वडा अध्यक्षहरुलाई विना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको नाममा निकालेको अवस्था रहेको भन्दै त्यो स्वीकार्य नहुने र पार्टी एकता कायम राख्न सभापति थापालाई अग्रसरता लिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar