कांग्रेसले नवनिर्वाचित सांसदसँग अन्तरक्रिया गर्दै

  • कालिका खवर
  • बुधबार, फाल्गुन २७, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सभाका बहालवाला तथा प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवम् अन्तरक्रिया गर्दैछ । कार्यक्रम दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।

    कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यलाई स्वागत गर्नेछन् । यस्तै, पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

    कार्यक्रममा बहालवाला सदस्यहरूले अनुभव साझा गर्नेछन् भने नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा परामर्श दिइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar