कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, चालक गम्भीर घाइते

  • कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    बुधबार बिहान हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड आइचर ट्रक अनियन्त्रित भई सडक नजिक रहेको घरमा (मानिस नबस्ने घर) ठक्कर खाई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रकमा सवार पर्साको वीरगञ्ज महानगर–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    यस्तै, दुर्घटनामा ट्रक चालक वीरगञ्ज महानगर–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar