कान्ति लोकपथ सडक खण्ड ६० दिन बन्द हुने

  • कालिका खवर
  • बिहिबार, मंसिर १८, २०८२
  • काठमाडौं : कान्ति लोकपथको एकान्तकुना सडक खण्ड ६० दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जानकारी दिएको हो ।

    सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्ड बन्द हुने छ । सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar