झलनाथको प्रश्न–महाकाली सन्धीले हामीलाई के दियो ?

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाकाली सन्धी गर्नु गलत भएको बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले महाकाली सन्धीबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्पष्ट पारे। महाकाली सन्धीले बदनाम बाहेक केही नदिएको उनको टिप्पणी छ।

    उनले महाकाली र एमसीसी सम्झौताको उपलब्धी शून्य रहेको उल्लेख गरे। उनले मदन भण्डारीको सक्रियता कारण टनकपुर सम्झौता रोकिएको स्मरण गर्दै भण्डारीले अघि सारेको राष्ट्रियताको धारलाई निरन्तरता दिन नसकेको कारण महाकाली सन्धी हुन पुगेको बताए।

    उनले भने, ‘मदन भण्डारी असाध्यै देशभक्त हुनुहुन्थ्यो। यदी उहाँ संसदमा नभएको भए टनकपुर सम्झौता गरिएको थियो, त्यो गलत सम्झौता गर्नेहरुलाई घुँडा टेकाउन सम्भव थिएन। आठ÷आठ घण्टा संसदमा उभिएर हामीले संघर्ष गरेका छौँ। उहाँले जुन प्रकारको देशभक्तिको भावनालाई अगाडी ल्याउनुभएको थियो, त्यही कुरालाई जारी गरेको भए हामी महाकाली सन्धी गर्ने थिएनौँ। के दियो महाकाली सन्धीले हामीलाई? शून्य। बद्नाम बाहेक केही पनि दिएन।’

    उनले थपे, ‘एमसीसी सम्झौताले हामीलाई के दियो?अब एसपीपी, अब बेल हेलिकप्टर आउँदैछ। हामीले हिजो हिँड्दै गर्दाखेरी ठिक ठाउँमा पाईला टेकेनौँ। यो कुरालाई अत्यन्त सालिनतापूर्वक, विना उत्तेजना हामीले समीक्षा गर्नुपर्छ। त्यो समीक्षाबाट निस्किने निष्कर्ष हाम्रो लागि गाइडलाईन हुनेछ।’

    नेता खनालले वर्तमान सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउने नीति अवलम्वन गरेको आरोप पनि लगाए। सरकारका नीति तथा कार्यक्रमले किसान, श्रमिक र श्रमिकहरूको ट्रेड युनियन अधिकारलाई सम्बोधन नगरेको उनको दाबी छ। विद्यार्थी संगठनका अधिकारमा समेत हस्तक्षेप भइरहेको उनले बताए।

    निजी सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको सहुलियत र सरकारी विज्ञापन कटौती गरिएको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष असर पत्रकारिता क्षेत्रमा परेको बताए। यसले सञ्चार क्षेत्र कमजोर बन्ने र ठूलो संख्यामा पत्रकार बेरोजगार हुने जोखिम बढाएको खनालको भनाई छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar