जेनजी आन्दोलनमा फरार कैदी बन्दुकसहित पक्राउ

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • चितवन । जेनजी आन्दोलनमा फरार एक कैदीबन्दी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो ।

    प्रहरीका अनुसार उनलाई आज बिहान घरबाटै पक्राउ गरिएको हो ।

    लामा जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट भागेका थिए ।

    पक्राउ परेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

    पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar