जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

  • कालिका खवर
  • सोमवार, मंसिर २२, २०८२
  • काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् ।

    घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ ।

    घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

    यसका साथै कोही कसैको परिचयपत्र बनाउन छुटेको भए पनि सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेश गर्न भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar