जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु गरिएको छ : महेश बस्नेत

  • कालिका खवर
  • मङ्लबार, भदौ ३१, २०८२
  • काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता महेश बस्नेतले जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु गरिएको बताएका छन्। चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स) गठन गरेर कारबाही सुरु गरिएको उनले बताए ।

    ‘जेन्जीको नाममा हत्या, चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजी फोर्स गठन गरी कारबाही सुरु गरिएको छ,’ उनले सामाजिक सञ्जालमा कारबाही गर्दे गरेको भिडियो सेयर गर्दै लेखेका छन्, ‘सबै नागरिक, विशेषगरि साक्षी र सम्बन्धित पक्षहरूले प्रहरीलाई आवश्यक फोटो, भिडियो तथा सूचना उपलब्ध गराइ सहयोग गर्न अनुरोध गर्दछौ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar