जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बाँके र काठमाडौँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय विशेष न्यौपाने शुक्रबार साँझ पक्राउ परेका हुन्।

    विशेषले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बाट नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    त्यसैगरी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी महोत्तरी बर्दिबास नगरपालिका-१ घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका-५ बस्ने ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई पनि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका रिसाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईभिजन कालोलोबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar