हुम्ला जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गरिदै

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • काठमाडौं, २४ असोज । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइतेहरुलाइ नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिदै छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

    चंखेली गाउँपालिका(४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

    घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको छ । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar