गृहमन्त्रीको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, मृतक परिवारलाई किरिया खर्च

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् ।

    आज शपथपछि पदबहाली गर्दै उनले राष्ट्रिय शोक मनाउने र जेन जी आन्दोलनमा मारिएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।

    यस्तै, मृतक परिवारलाई एक लाख/एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि उनले गरेका छन् ।

    शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टर उपलब्ध गराउने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar