गणेश नेपालीको परिवार र सरकारबीच जुटेन सहमति

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा सरकार र पीडित परिवारबीच करिब १४ घण्टा लामो वार्ता भए पनि सहमति जुट्न सकेन। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्षविहीन बनेपछि आज पुनः छलफल गर्ने सहमति भएको छ।

    सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत, परिवारका सदस्यलाई रोजगारी तथा छोराछोरीको निःशुल्क शिक्षामा सकारात्मक संकेत दिएको भए पनि पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि ज्यान मुद्दा र सरकारको औपचारिक प्रतिबद्धतामा अडान राखेपछि सहमति हुन सकेन।

    सहमति नजुटेकाले गणेश नेपालीको अन्त्येष्टि पनि रोकिएको छ। परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान कायम राखेको छ। सरकारले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएको छ भने पीडित पक्षले न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar