एमालेको विघटित संसदीय दलको बैठक बस्दै

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौँ । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ ।

    अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् । यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar