एमाले र नेकपा मिल्दा पनि बागमतीमा ३ सिट कम छ : महेश बस्नेत

  • कालिका खवर
  • मङ्लबार, साउन १९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमति भए पनि ३ सिट अपुग भएको बताएका छन् ।

    उनका अनुसार एमाले र नेकपाबीचको सहमति अनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ।

    ‘हाम्रो पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने हो, यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिनेछ,’ उनले पछिल्लो गठबन्धनका बारेमा भनेका छन् ।

    उनका अनुसार एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था छ। ‘त्यसैले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षलगायत शीर्ष नेतृत्वले आवश्यक पहल र निर्देशन गरिरहनुभएको छ,’ उनले भने ।

    बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन चाहिन्छ, कुल सदस्य संख्या ११० रहेको छ। जसअनुसार नेपाली कांग्रेसस् ३६ सांसदसहित सबैभन्दा ठूलो दल रहेको छ भने नेकपासँग २६ र एमाले २७ सांसद मात्रै रहेका छन।

    यसैबीच, आज केही सञ्चारमाध्यमले अध्यक्ष निवासमा भएको छलफललाई लिएर संसदीय दलका नेता जगन्नाथ खतिवडाबारे भ्रामक समाचार सम्प्रेषण गरेको दाबी गरेका छन् ।

    छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको उनको दाबी पनि छ।

    ‘यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु, उनले भने, ‘बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्नेछ। अफवाहभन्दा तथ्यमा विश्वास गरौं,’।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar