दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • रूपन्देही : कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडकखण्डमा दुई स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    बुधबार साँझ गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ गइरहेको लु.३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको इ–स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए ।

    दुर्घटनामा स्कुटी चालक २७ वर्षीय रुद्रनारायण थारू गम्भीर घाइते भएका थिए । रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी थारूलाई उपचारका लागि पिपरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ नै मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा ट्याक्टर चालक बाणगंगा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र इ–स्कुटी चालक बाणगंगा नगरपालिका–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar