दशैं टीका तथा देवी विसर्जनका शुभसाइत ११:५३ बजे

  • कालिका खवर
  • बिहिबार, अशोज १६, २०८२
  • काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमी (दशैं) टीका तथा देवी विसर्जनका शुभसाइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे तय गरिएको छ ।

    त्यसैगरी, देवी विसर्जनको शुभसाइत बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ । टीका लगाउन जाने तथा माग्न जाने कार्य शुभसाइत अनुसार सम्पन्न गर्न र टीका लगाइ सकेपछि पूर्व फर्कनुपर्ने पनि समितिले जानकारी दिएको छ ।

    दशैं टीका र देवी विसर्जनका साइत निर्धारणसँगै देशभरका परिवारहरूमा अब उल्लासपूर्वक पर्व मनाउने तयारी तीव्र बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar