दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • काठमाडौँ । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए ।

    उपचारको क्रममा ४५ वर्षीय झ्यारी मगरको आइतबार बिहान आज ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    शुक्रबार बिहान साढे ६ बजेतिर बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको थियो । चालक झ्यारी मगर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङका स्थानीय हुन् ।

    हेटौँडा बस्दै आएका उनलाई पाटन अस्पतालका चिकित्कसहरुले अइतबार बिहान मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar