ढिला होला, तर गलत हुँदैन नआत्तिनुहोस् : प्रधानमन्त्री

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन्।

    शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ढिला भए पनि गलत नहुने बताएका हुन्। ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले लेखेका छन्।

    प्रधानमन्त्री शाहले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै परिस्थिति बुझेर अघि बढ्नुपर्ने संकेत गरेका छन्। उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।’

    यस्तै, उनले आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गरेको उल्लेख गर्दै ‘यो पहिलो चोटि होइन’ भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar