धान रोपिरहेका महिलाको समूहमा चट्याङ पर्दा ७ घाइते

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौँ : पर्सामा धान रोपिरहेका महिलाको समूहमा चट्याङ परेको छ। चट्याङ लागेर सात जना घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा महिलाले बिहीबार सामूहिक रुपमा धान रोपिरहेका बेला चट्याङ परेको हो।

    वर्षासँगै परेको चट्याङ लागेर पकहामैनपुर गाउँपालिका-१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएका छन्।

    घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अन्य छ जना घाइतेको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अन्य ६ जना घाइतेको अवस्था मध्यम छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar