देश एकैपटक समृद्ध हुँदैन र सुशासन पनि रातारात आउँदैन : हरि ढकाल

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।

    आइतबार ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए ।

    सांसद ढकालले विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए ।

    ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्नेगरी काम गर्नुपर्ने बताए ।

    ढकालले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताए ।

    कार्यक्रमममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नयाँ सरकार आएपछि नागरिकमा निकै उत्साहा र आशा रहेको भन्दै कसैलाई पनि असफल हुने छुट नरहेको बताए । उनले यसलाई अवसरको रुपमा लिएर आर्थिक रुपान्तरणको मार्ग र आर्थिक समृद्धिको मार्गमा लानुपर्नेमा जोड दिए ।

    उपाध्यक्ष भट्टले हरेक मुलुकले आफनो हरेक क्षेत्रमा खर्च बढाइरहेकाले यसले हामीले प्राप्त गर्ने सुविधा र अवसरमा प्रभाव पर्ने उल्लेख गर्दे आन्तरिक रिसोर्समा प्रथमिकता दिनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar