चिलिमे टनेलमा रातभर उद्धार कार्य

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ । उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।

    एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ । रातिको समयमा पनि उद्धार टोली टनेलभित्र प्रवेश गर्ने प्रयासमा जुटिरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar