बझाङमा जीप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२, दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ ।

    बिहीबार (असोज १५) बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    उक्त दुर्घटनामा परी जीप चालक बझाङको सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.ना.नि. तेजबहादुर रावलको कमान्डमा प्रहरी टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो ।

    जीपमा चालकसहित तीनजना सवार रहेको प्रहरीले जनाएको छ । घाइते भएका दुईजनाको पहिचान खुलिसकेको छैन । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar