बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौं, १४ मंसिर । आज मध्याह्न १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar