बिलबिजकविहीन २७ कवाडी ट्रक प्रकरण : राजस्व अनुसन्धान विभागमा बुझाइयो, व्यवसायी समूहमाथि गम्भीर आरोप

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौं । बिलबिजक तथा आवश्यक कागजातबिना कवाडी सामग्री ढुवानी भइरहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गत साता नियन्त्रणमा लिएका २७ वटा कवाडी बोकेका ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएपछि यस प्रकरणले नयाँ मोड लिएको छ ।

    प्रहरी स्रोतका अनुसार नियन्त्रणमा परेका ट्रकहरू दिपेश अग्रवाल र कुन्दन सिंह समूहसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक कागजात, स्वामित्व र आर्थिक कारोबारको विवरण संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

    तर, उनीहरूले प्रभाव र पहुँचका आधारमा अनुसन्धान प्रभावित पार्ने, राजस्व छलीसम्बन्धी विषय ओझेलमा पार्ने तथा अवैध गतिविधिलाई संरक्षण दिने प्रयास भइरहेको दाबी गरेका छन्।

    अन्य कवाडी व्यवसायीहरूले पनि नियन्त्रणमा लिइएका २७ ट्रकको मात्र नभई कवाडी व्यवसायसँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार, अवैध असुलीको सम्भावित सञ्जाल तथा संलग्न व्यक्ति र कम्पनीमाथि निष्पक्ष र गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन्।

    विवेक शर्माद्वारा गुण्डागर्दी, चन्दा असुलीको आरोप

    यसैबीच, विवेक शर्माले गुन्डागर्दी शैलिमा ५० जना युवाहरूलाई परिचालन गरी अग्रवाल र सिंहलाई सहयोग गरेको आरोप लागेको छ। व्यवसायी दिपेश अग्रवाल, विवेक शर्मा र लागुऔषध तस्करीमा संलग्न कुन्दन सिंहले मिलेर कवाडी व्यवसायीलाई आतंकित बनाउँदै अवैध चन्दा उठाउने गरेको खुलेको छ ।

    प्राप्त जानकारीअनुसार, विवेक शर्माले करिब ५० जना युवाहरू प्रयोग गरी ट्रक चालकहरूलाई धाकधम्की र कुटपिट गर्ने, ट्रकहरू जफत गरी आफ्नो कब्जामा लिने र रु १ लाख चन्दा माग गर्ने गरेका छन्。 चन्दा नदिए राजस्व अनुसन्धान विभागमा गाडी पठाउने धम्की दिने गरेको पीडित व्यवसायीहरूले बताएका छन् ।

    यसैबीच, चन्दा असुली अभियानलाई व्यवस्थित बनाउन दिपेश अग्रवालले विवेक शर्मा र कुन्दन सिंहलाई २५ प्रतिशत साझेदारी दिएको स्रोतले जनाएको छ ।

    कुन्दन सिंहमाथि लागूऔषध प्रकरणको पुरानो विवाद

    त्यसैगरी, कुन्दन सिंहमाथि गत वर्ष २२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेपछि लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भएको थियो। गत पुस ११ गते कुन्दन सिंहको बल्खुस्थित कार्यालयबाट लागुऔषध रंगेहात बरामद भए पनि दिपेश अग्रवालको माथिल्लो सम्पर्क र सेटिङका आधारमा उनलाई एक रात मात्र हिरासतमा राखी छाडिएको थियो。 सामान्य नागरिक भएको भए कुन्दन सिंह अहिलेसम्म हिरासतमै हुनुपर्ने भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका छन्।

    राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भने नियन्त्रणमा लिइएका ट्रक, सम्बन्धित कम्पनी तथा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar