बहुमूल्य वस्तुको प्रलोभन देखाई ठगी गर्ने ६ जना पक्राउ

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौँ : जिल्ला कास्की पोखरा महानगरपालिका-२६ कालीका चोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

    भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ ।

    पक्राउ पर्नेमा जिल्ला पर्वत, फलेवास नगरपालिका ५ घर भएका ३५ वर्षीय राजन विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी २७ वर्षीया रोशनी विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन ।

    त्यस्तै जिल्ला म्याग्दी, मालिका गाउँपालिका ४ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, जिल्ला म्याग्दी, रघुगंगा गाउँपालिका ५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा जिल्ला कास्की, पोखरा महानगरपालिका २१ निर्मल पोखरी घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा लाई समेत नियन्त्रणमा लिइएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar