भारत भाग्दै गरेका ६ जना कैदी समातिए

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • बैतडी । डडेलधुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर गएका एक÷एक जना रहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दा, जबर्जस्ती करणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ । ‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेलधुरा कारागार तोडफोड गरेर कैदी बन्दी फरार भएका थिए ।

    पक्राउ परेका सबैलाई डडेलधुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरूलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar