बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • कर्णाली ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।

    उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो छाताको कपडाले बेरेको अवस्थामा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

    उनका अनुसार दुई नाल साबुत र एक नाल बेसाबुत गरी जम्मा तीन नाल घरेलु भरुवा बन्दुक बेबारिस अवस्थामा रहेको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर बन्दुक बरामद गरेको हो । ती बेबारिसे बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar