बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • सुर्खेत । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् ।

    जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो ।

    पक्राउपछि उनलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो ।

    अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar