बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • काठमाडौं : बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

    रसुवास् बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ ।

    रघुगंगा गाउँपालिका वडा नं. २, बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. ३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar