अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, काठमाडौंका वैकल्पिक सडकसमेत अवरुद्ध

  • कालिका खवर
  • मङ्लबार, साउन १९, २०८३
  • काठमाडौं । केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने तथा वैकल्पिक मार्गका रूपमा प्रयोग हुने सडकहरूमा पहिरो खस्दा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ।

    ललितपुरको बागमती गाउँपालिका–३, पाण्डुर क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८, ठुलो खोला क्षेत्रमा पहिरो जाँदा सितापाइला–धार्के सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

    लगातारको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले आवश्यक मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका यात्रुहरू प्रभावित भएका छन्।

    प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar