अन्जु पन्तको स्वरमा “शंका गर्ने बानी”, अविश्वास र पीडाको भावनात्मक प्रस्तुति

  • कालिका खवर
  • शनिबार, अशोज २५, २०८२
  • काठमाडौं।सुबास गुरुङ अफिसियल युट्युब च्यानलमार्फत नयाँ गीत “शंका गर्ने बानी” सार्वजनिक गरिएको छ। गीतले प्रेम सम्बन्ध र दाम्पत्य जीवनभित्र देखा पर्ने अविश्वास, भावनात्मक दूरी र त्यसबाट उत्पन्न हुने पीडालाई यथार्थपरक रूपमा चित्रण गरेको छ।

    गीतमा तेज गिरी, शुसिला थापा र प्रगल्भ न्यौपानेले अभिनय गरेका छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तले दिएकी छन्। गीतका शब्द र रचना सुबास गुरुङ (गणेश)का हुन् भने संगीत रामकुमार गुरुङ (आरके)ले भरेका छन्।

    गीतको एरेन्ज साहस शाक्यले गरेका छन्। रेकर्डिङ र मिक्सिङ सन्तोष पौडेल (अलंकार रेकर्डस्)ले सम्पादन गरेका हुन्। मेकअप गीतान्जली योगी, प्रोडक्सन मेनेजर सुमन भट्टराई, सिनेमाटोग्राफी योडिन योन्जन, र पोस्ट–प्रोडक्सन आरसु फिल्म्सले सम्हालेका छन्।

    गीतको निर्देशन राजेन्द्र खड्काले गरेका हुन् भने क्लाइम्याक्स आर्टको प्रस्तुति रहेको यो गीतले प्रेम, विश्वास र शंकाबीचको संघर्षलाई भावनात्मक कथा शैलीमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar