अमलेखगंजमा प्रहरीले १ लाख ७ हजार बराबरको पटाका नियन्त्रणमा लियो

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • बारा, असोज २६। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले अवैध रूपमा ल्याइँदै गरेको करिब १ लाख ७ हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा लिन सफल भएको छ।

    मिति २०८२ असोज २६ गते बिहान करिब ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायव निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले सो सफलता हासिल गरेको हो।

    प्रहरीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडि नियमित चेकजाँचका क्रममा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस (ना.६ ख. ६२९३) लाई रोकी जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएको उक्त प्रतिबन्धित पटाका फेला परेको थियो।

    अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका पटाकाहरू तत्कालै नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

    प्रहरीले चाडपर्व नजिकिँदै गर्दा यस किसिमका अवैध वस्तुहरूको कारोबार र प्रयोग समाजका लागि जोखिमपूर्ण हुने भन्दै आम सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar