‘अग्रगामी मोर्चा’ सत्ता प्राप्तिका लागि होइन : सीके राउत

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सात राजनीतिक दल मिलेर गठन गरिएको ‘अग्रगामी मोर्चा’ जनताको चाहना र अधिकारका लागि संघर्ष गर्न निर्माण गरिएको बताएका छन् ।

    काठमाडौंमा आयोजित सात दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै राउतले मुलुक संकटमा परेका बेला राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले देशको राजनीतिक इतिहासमा पनि संकट र आवश्यकता अनुसार विभिन्न राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढेको स्मरण गरे ।

    २००७ सालअघि र त्यसपछिका विभिन्न कालखण्डमा राजनीतिक शक्तिहरू संगठित भएर परिवर्तनका लागि अघि बढेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिले पनि त्यस्तै सहकार्यको आवश्यकता देखाएको बताए ।

    विगतमा आफूहरूबाट भएका कमजोरी र गल्तीलाई समीक्षा गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्ने प्रतिबद्धतासहित मोर्चा गठन गरिएको राउतले बताए ।

    मोर्चाको मुख्य उद्देश्य सत्ता प्राप्ति नभई जनताको अधिकारका लागि संघर्ष गर्नु रहेको स्पष्ट पार्दै उनले भने, ‘मोर्चा संघर्षका लागि बनेको हो, सत्ताका लागि होइन । अधिकारका लागि यो मोर्चा गठन भएको हो । यसले जनताको अभिभावक भएर काम गर्नेछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar