Kalika Khabar
    • राजनीति
    • अर्थ बजार
    • प्रदेश / स्थानीय तह
    • कालिका विशेष
    • विचार
    • खेलकुद
    • मनोरन्जन
    • पर्यटन/ हस्पिटालिटी
    • स्वास्थ / शिक्षा
      • शिक्षा
      • स्वास्थ
    • Explore Nepal
📅
आइतवार, अशोज २५, २०८३
Kalika Khabar
  • राजनीति
  • अर्थ बजार
  • प्रदेश / स्थानीय तह
  • कालिका विशेष
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • पर्यटन/ हस्पिटालिटी
  • स्वास्थ / शिक्षा
    शिक्षास्वास्थ
  • Explore Nepal

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

Share this post: 0 shares
  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।

    आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो । उहाँले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

    उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताउनुभयो । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन”, उहाँले भन्नुभयो, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।” युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरुले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।” उहाँले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गर्नुभयो ।

    “विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । “हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन ।

    सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ”, उहाँले भन्नुभयो । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताउनुभयो । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताउनुभयो । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताउनुभयो । “जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    डेसिमल कलेजमा ‘Fresher Meet and Greet’ कार्यक्रम भव्य रूपमा सम्पन्न, ६०० विद्यार्थीको सहभागिता
    बुढीगण्डकी नदीमा भीषण बाढी, गोरखाको सल्लेरी बजार बगायो
    आजको वैदिक राशिफल आजको वैदिक राशिफल
    बजाजको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ भृकुटीमण्डपमा, पुरानो बाइक साटेर नयाँ किन्न सकिने
    स्केचर्सको ‘सप मोर, गेट मोर’ अभियान, ५० प्रतिशतसम्म छुटदेखि मोटरसाइकल र स्कुटरसम्म जित्ने अवसर
    एमजी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक, ५७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध

    ताजा अपडेट

    डेसिमल कलेजमा ‘Fresher Meet and Greet’ कार्यक्रम भव्य रूपमा सम्पन्न, ६०० विद्यार्थीको सहभागिता

    बुढीगण्डकी नदीमा भीषण बाढी, गोरखाको सल्लेरी बजार बगायो

    आजको वैदिक राशिफल

    पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा

    बजाजको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ भृकुटीमण्डपमा, पुरानो बाइक साटेर नयाँ किन्न सकिने

    स्केचर्सको ‘सप मोर, गेट मोर’ अभियान, ५० प्रतिशतसम्म छुटदेखि मोटरसाइकल र स्कुटरसम्म जित्ने अवसर

    एमजी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक, ५७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध

    इन्फोडेभलपर्सले सार्वजनिक गर्‍यो ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’

    तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो

    ‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार

    हाम्रो बारे

    संचालक/सम्पादक : राज कुमार सिलवाल

    कार्यकारी सम्पादक : प्रकाश समीर

    प्रबन्ध निर्देशक : रघुनाथ सापकोटा

    संवाददाता :
    राधिका ढकाल

    रक्तिम रेग्मी

    अंकेत कुमार पुरी

    निराज रानाभाट

    व्युरो टिम

    सुजन राई (कोशी प्रदेश)
    दिपु वर्णवाल (मधेश प्रदेश)
    नबिन पाण्डे (बाग्मती प्रदेश)
    सरोज अर्याल (गण्डकी प्रदेश)
    किरण अर्याल (लुम्बिनी प्रदेश)
    नेत्र बहादुर बिष्ट (कर्णाली प्रदेश)
    वीरबहादुर रोकाय (सुदुरपश्चिम प्रदेश)

    सम्पर्क

    चोया डिजिटल सोलुसन प्रा.लि.
    का.म.न.पा. १६ काठमाण्डौ

    E: kalikakhabar2014@gmail.com
    Ph: ९८५११८५७०३

    सुचना बिभाग दर्ता नं.: ३५४७-२०७८/७९

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar