आश्विन र एन्जल राष्ट्रब्यापी टिकाभैरब कराँतेको वेस्ट फाइटर

  • कालिका खवर
  • सोमवार, असार १, २०८३
  • ललितपुर – ९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै प्रतियोगितामा आश्विन नगरकोटी र एन्जल राना उत्कृष्ट खेलाडी भएका छन् । टिकाभैरब सो क्योकुसिन कराँते शाखा डोजोको आयोजनामा टिकाभैरबको मन्दिर प्रागंणमा २ दिन चलेको प्रतियोगितामा आयोजक डोजोका नगरकोटी र राना उत्कृष्ट खेलाडी भएका हुन् । प्रतियोगितामा सहभागी १ सय १० जना खेलाडीहरु मध्येबाट उनीहरु उत्कृष्ट खेलाडी छानिए ।

    आयोजक टिमका आश्विन नगरकोटीले पुरुष ३० केजी तौल समुहमा पहिलो पनि भएका थिए । सो स्पर्धामा संस्कार थापा दोस्रो तथा विकास तामाङ र अपिल राई तेस्रो भए । उत्कृष्ट खेलाडी भएकी आयोजक टिमकी एन्जल रानाले महिला ३५ केजी तौलमा पहिलो भएकी थिइन् । सो समूहमा टिकाभैरबकी कृतिका मैनाली दोस्रो हुँदा रिदिमा केसी र सजना अधिकारी तेस्रो भए ।

    पुरुषको ५० केजी तौलमा टीकाभैरब डोजोका विश्वास मार्फा तामाङ विजयी भए उनले फाइनलमा लक्ष्मण रावललाई हराए । २५ केजी पुरुष तौलमा आयुष चौधरी पहिलो हुँदा विनाम मगर दोस्रो तथा दोर्जे शेर्पा र प्रशान्त नेपाली तेस्रो भए । महिला ४५ केजी तौलमा टिकाभैरबकी पीया राना पहिलो हुँदा उनले फाइनलमा रिहाना गिरीलाई हराइन् । ज्याँसमिन काफ्ले र रोनिसा भुजेल तेस्रो भए ।

    महिला ४० केजी तौल समूहमा टिकाभैरबकी आराध्या थापा पहिलो भइन् । उनले फाइनलमा टोखा डोजोकी आशा तामाङलाई हराइन् । सो समूहमा रुदा अछामी र मिका राई तेस्रो भए । महिलाको ३० केजी तौल समूहमा मिन कुमारी चौलागाई पहिलो हुँदा रिभा तामाङ दोस्रो तथा वर्षा चौलागाई र सम्या खड्का तेस्रो भए । यसैगरी महिला २५ केजीमा प्रमिसा श्रेष्ठ पहिलो , आरोही लामीछाने दोस्रो तथा मन्दिपा गिरी र क्रिसिमा नगरकोटी तेस्रो भए ।

    प्रत्येक तौल समूहका विजेता खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुमान मर्हजन , खेलकुद पत्रकार नवीन लुईटेल , समाजसेवी हरिशरण तामाङ लगायतले मेडल , कप र प्रमाणपत्र वितरण गरे ।

    प्रतियोगिताको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरेकी थिइन ।

     

    तस्बीर ः महानगर खबर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar