प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २४, २०८३
  • हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत अवस्थामा फेला परेका छन् ।

    गोरखाको आरुघाट गाउँपालिका–३, पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

    मंगलबार (कात्तिक २४) बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् । बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर त्यसबारे प्रहरीलाई खबर गरेका एसपी खत्रीले बताए ।

    घटनास्थलमा ‘सुसाइड नोट’ समेत फेला परेको जनाउँदै उनले थप अनुसन्धान भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar