फोन उठाउनुअघि नै कलको कारण थाहा हुने नेपाली एप ‘Callexa’ सार्वजनिक

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • काठमाडौं । नेपालमै विकास गरिएको सञ्चार एप ‘Callexa’ सार्वजनिक गरिएको छ। यस एपमार्फत अब फोन उठाउनुअघि नै कसले र किन फोन गर्दैछ भन्ने जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    ‘Know Why. Before You Answer.’ भन्ने अवधारणामा आधारित उक्त एप १८ अक्टोबर २०२६ मा सार्वजनिक गरिएको हो। एपको मुख्य विशेषता फोन गर्ने व्यक्तिले कल गर्नुअघि आफ्नो फोनको उद्देश्य छोटकरीमा उल्लेख गर्न सक्ने सुविधा हो। फोन प्राप्त गर्ने व्यक्तिले कल उठाउनुअघि नै उक्त कारण हेर्न सक्नेछन्।

    एपमा कलर पहिचानसम्बन्धी सुविधा पनि समावेश गरिएको छ। यसले प्रमाणित प्रोफाइल र प्रमाणित नभएका विवरणबीच फरक छुट्याउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

    Callexa मा मेसेजिङ, अडियो तथा भिडियो सञ्चारसँगै सामाजिक सञ्जालसम्बन्धी सुविधासमेत उपलब्ध छन्। प्रयोगकर्ताले Explore विकल्पमार्फत पोस्ट, स्टोरी तथा छोटा भिडियोहरू साझा गर्न सक्नेछन्।

    यस्तै, एउटै गन्तव्य वा मार्गमा यात्रा गर्ने व्यक्तिहरूलाई जोड्ने Travel Together तथा रक्तदाता र रक्तदान आवश्यक पर्ने व्यक्तिबीच सम्पर्क स्थापित गर्न सहयोग गर्ने Blood Donation सुविधा पनि एपमा समावेश गरिएको छ।

    Callexa का संस्थापक जीवन राउतले फोन उठाउने कि नउठाउने निर्णय गर्नुअघि कलको सन्दर्भ थाहा पाउनु उपयोगी हुने बताए। प्रयोगकर्ताको प्रतिक्रिया र आवश्यकताका आधारमा एपलाई निरन्तर सुधार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ।

    Callexa Android तथा iOS दुवै प्लेटफर्ममा उपलब्ध छ। कम्पनीका अनुसार यो एप Callexa App Pvt. Ltd. द्वारा नेपालमै विकसित गरिएको सञ्चार प्लेटफर्म हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar