परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबिच द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    दुई देशबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान, सम्पर्क सञ्जाल विस्तार, व्यापार, विकास सहयोग, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । वार्तामा नेपाल र भारतबिच रहँदै आएको घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको छ ।

    दुवै देशबिचको आपसी सहयोग र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ । भारतीय विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar