विद्यादेवी भण्डारीले आज प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशन उद्घाटन गर्ने

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • काठमाडौँ : नेकपा एमालेकी वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्ने भएकी छन्।

    मञ्चको दोस्रो अधिवेशनअन्तर्गत उद्घाटन समारोह आज बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना हुँदैछ।

    ‘सबल प्रवासी, समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने नारासहित आयोजना हुन लागेको समारोहमा भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

    प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा हुन लागेको अधिवेशनले प्रवासी नेपालीको हकहित, संगठनको आगामी कार्यदिशा तथा नेपालको समृद्धिमा प्रवासी समुदायको भूमिकाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

    आयोजकले समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar