नेपाल आइपुगे भारतीय विदेशसचिव मिस्री

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • काठमाडौंः भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन्।

    भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

    छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलाअन्तर्गत भएको हो।

    स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन्। कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ। भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar