जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

  • कालिका खवर
  • सोमवार, कार्तिक १६, २०८३
  • काठमाडौं । जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाउँदै राजदूत बन्ने प्रक्रियाबाट अलग हुने जानकारी गराएका हुन्। पत्रमा थापाले देश र जनताको सेवा गर्न कुनै पद नै अन्तिम माध्यम नभएको उल्लेख गरेका छन्। राष्ट्रिय हित, विकास र समृद्धिका लागि सरकारले दिने जुनसुकै जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न तयार रहेको पनि उनले बताएका छन्।

    जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको विषयमा सांसदहरूले प्रश्न उठाएपछि असोज २८ गते उनको संसदीय सुनुवाइ स्थगित भएको थियो। सुनुवाइका क्रममा थापाले पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि संविधानको धारा २९१ र पीआर त्यागेको समयावधिबारे थप प्रश्न उठेको थियो। त्यसपछि थप अध्ययनका लागि रोकिएको उनको सुनुवाइ प्रक्रिया अघि नबढ्दै थापाले नाम फिर्ता लिएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar